प्रतिनिधि सभा विघटन गरेको विरुद्धमा ५ दलले संयुक्त विरोध प्रदर्शन
१४ जेष्ठ २०७८, शुक्रबार १४:०६
१४ जेष्ठ २०७८, शुत्रबार
राष्ट्रिपति विद्यादेवी भन्डारीले प्रतिनिधि सभा विघटन गरेको विरुद्धमा भक्तपुरमा ५ दलले संयुक्त विरोध प्रदर्शन गरेका छन ।
नेपाली कांग्रेस भक्तपुरको नेतृत्वमा भएको कार्यक्रममा भक्तपुरको टौमढीमा थाल थटाएर, सिथि बजाएर र घन्टी बजाएर सभागिहरुले विरोध गरेका हुन । कार्यक्रममा नेपाली कांग्रेसका बाग्मती प्रदेश सभा सदस्य कृष्णलाल भडेल र माओवादी केन्द्रका बाग्मती प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठको पनि सहभागिता रहेको थियो । भक्तपुरमा भएको विरोध कार्यक्रमा नेपाली कांग्रेस, नेपाल पक्षका नेकपा एमाले, उपेन्द्र पक्ष जसपा, माओवादी केन्द्र,राष्ट्रिय जनमोचा नेपालका जिल्ला नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रम साँझ ७ बजे भएको थियो । त्यस्तै तरुण दल भक्तपुरले पनि सल्लाघारीमा शंख बजाइ, थाल थटाइ र सिथि बजाई प्रतिनिधी सभा विघटनको विरोध गरेका थिए ।

