२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

पहिलोपटक नेपाल सरकारले दिएको अक्सिजन सिलिण्डर डडेलधुरा पुग्यो

१३ जेष्ठ २०७८, बिहीबार १५:५९


जेष्ठ २०७८, बिहीबार डडेलधुरा


डडेलधुरा अस्पतालमा पहिलोपटक नेपाल सरकारले दिएको अक्सिजन सिलिण्डर पुगेको छ ।
सरकारले दिएको ५० वटा अक्सिजन सहितको सिलिण्डर डडेल्धुरा अस्पतालमा पुगेको हो । अक्सिजन सिलिण्डर नहुँदा कोरोना भाईरसका विरामीको उपचारका लागि समस्या भईरहेको समयमा नेपाल सरकारले अक्सिजन सहितको सिलिण्डर दिएपछि उपचारका लागि सहज भएको छ । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिएको अक्सिजनका सिलिण्डर सहित अव डडेल्धुरा अस्पतालमा साना ठुला गरि २ सय भन्दा वढी सिलिण्डर भएकाले अक्सिजनको अभाव नहुने डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले वताउनु भयो ।
सिलिण्डरको प्रयाप्तता भए संगै आपतकालिनका लागि पनि अक्सिजन भरेर राख्नका लागि सहज भएको अस्पतालले जनाएको छ । अक्सिजनको सिलिण्डर नहुँदा डडेल्धुरा कोरोना भाईरसका विरामीलाई आवश्यक पर्ने अक्सिजन उप्लवधता गराउँनका लागि समस्या भईरहेको थियो । हाल डडेल्धुरा अस्पतालमा ३७ जना कोरोना भाईरसका विरामीको उपचार भईरहेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV