नेविसंघका नेता लाई रिहाई गर्न महामन्त्री तिमिल्सिनाको माग
२७ जेष्ठ २०७८, बिहीबार १७:४४
असंवैधानिक प्रतिगामी कदमका विरुद्ध नेपाल विद्यार्थी संघले पोखरामा प्रदर्शन गरेको छ ।
प्रतिनिधिसभा बिघटनदेखि चुरेबाट ढुंगा गिट्टी निकासी गर्ने निर्णय तथा मन्त्रिपरिषद विस्तारको विरोध गर्दै पोखरामा प्रदर्शन गरिएको थियो । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरि पोखरा बाट नेबिसंघका नेताहरु दिपक वाग्ले, अनिष पाण्डे, सुशील न्यौपाने र अकल क्षेत्री लाई गिरफ्तार गरेको छ । प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले तितरबितर पारेको । मन्त्रिपरिषद विस्तारपछि सरकारको बिरोध गर्दै बिद्यार्थीहरुले निरन्तर बिरोध प्रदर्शन गर्दै आएका छन् ।
Share on Social Media



