२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

नेवार समुदायले आज लगाए भाइटीका

१३ कार्तिक २०७६, बुधबार १६:००

मंगलबार म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले बुधबार किजा पूजा अर्थात् भाइटीका लगाएका हुन् । मंगलबार नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा मनाएका हुन् । कतिपयले भने नेपाल पञ्चांग निर्णायक समितिको निर्णयअनुसार मंगलबार नै किजा पूजा मनाएका थिए । पञ्चांग निर्णायक समितिले लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म मात्र सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको थियो । तर, सरकारले नेवार समुदायले भाइटीका १३ गते मनाउने भन्दै आजको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो । नेवार समुदायले तिहारको बेला लक्ष्मी पूजा, म्ह पूजा, किजा पूजा र नेपाल सम्वत विशेष रुपमा मनाउदै आएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV