२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु

८ असार २०७८, मंगलवार २२:४८

८ असार, काठमाडौं

ऋषि खनाल
नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा मंगलबारबाट नेपाली टिमको बन्द प्रशिक्षण सुरु भएको हो । स्पेनमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी सुरु गरेको हो । सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको छ । मुख्य प्रशिक्षक डेभ वाटमोरले बन्द प्रशिक्षणलाई प्रभावकारी बनाइने बताए । त्यस्तै राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एकदिवसीय खेलका लागि नेपाली टिमले कडा मेहनत गर्ने र राम्रो नजिता ल्याउने बताए ।
लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो ।
क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको थियो । तर, पृथु बास्कोटा प्रशिक्षणमा सहभागी भएका छैनन् । व्यक्तिगत कारण देखाएर पृथुले बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने बताएको क्यानले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV