२०८३ बैशाख १, मङ्लबार

   2026, Apr 14 Tuesday

रौतहटका विभिन्न नदीमा जलस्तर वृद्धि, सचेत हुन प्रशासनको आग्रह

१७ असार २०७८, बिहीबार १८:२४

१७ असार २०७८, रौतहट

लगातार परेको अविरल वर्षाका कारण रौतहटका विभिन्न नदी खोलाहरुको जलस्तरमा वृद्धि भएको छ । जलस्तर वृद्धि सँगै स्थानीय प्रशासनले नदी खोला नजिकै नजान सर्वसाधारणहरुलाई आग्रह समेत गरेको छ ।
वाग्मती, लालबकैया नदीमा पानीको बहाव तीव्र रुपले बढेपछी स्थानीय प्रशासनले ठुला नदी तथा साना खोलाहरुमा पानीको सतह बढेपछी सर्वसाधारणहरुलाई जान रोक लगाएको हो । पहाडी तथा चुरे क्षेत्रमा भईरहेको वर्षाबाट वाग्मती नदीको बहाव उच्च भएपछी वाग्मती सिचाई आयोजनाको ३० वटै ढोका खोलिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । वाग्मतीको सबै ढोका खोलिएपनी पूर्वी र पश्चिम दुवै नहरमा पानी छोडिएको छैन । सबै ढोकाको साथसाथै ६ वटा सुलिस गेट पनी खोलिएको बताउनुहुँदै प्रमुख जिल्ला अधिकारी यादवले बिहिवार वाग्मती नदीले ३ वटा स्पर क्षतिग्रस्त बनाएपछी मर्मत सम्भार कार्य भईरहेको बताउनुभयो ।
स्थानीय प्रहरी प्रशासनले नदी खोला किनारमा नजान आग्रह गरेपनी स्थानीय बासिन्दाहरु नदीमै उर्लेर माछा मार्ने तथा बगाएर ल्याएको दाउरा सँकलन गर्दे आएका छन् । लालबकैया, वाग्मती तथा सहायक नदीमा आउने बाढीका कारण प्रत्येक वर्ष रौतहटमा बाढी, डुबान र कटानको समस्या आउने् गरेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV