नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारको बैठक आज बस्दै
१४ श्रावण २०७८, बिहीबार १०:००
१४ साउन २०७८, काठमाण्डौं
नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारको बैठक आज पनि बस्दैछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निजी निवास बुढानीलकण्ठमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा आगामी १४औं महाधिवेशनको विषयमा छलफल हुने जनाइएको छ । यसअघि हिजो बसेको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन एक दिनको समय दिएको थियो । आजको बैठकमा सोही विषयमा थप छलफल हुने छ । क्रियाशील सदस्यताको विवादका कारण कांग्रेसको आगामी महाधिवेशन पूर्व निर्धारित भदौ १६ को मिति भने प्रभावित हुने भएको छ
Share on Social Media

