२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

नेपालि सेनाको हेलिकप्टरले डाक्टर केसीलाई काठमाण्डौ ल्याउने

२५ कार्तिक २०७६, सोमबार ११:४८


डडेल्धुरामा अनसनरत डाक्टर गोविन्द केसीलाई ल्याउन काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर गएको छ । । कात्तिक १८ देखि डाक्टर केसी डडेल्धुरामा १७ औं अनसनमा बस्दै छन्। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनलाई काठमाडौं ल्याउन सेनाको हेलिकप्टर गएको हो। केसीको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिन थालेको छ । केसीको थप उपचारका लागि आवश्यक पर्ने आईसीयू सेवा, एबीजी सेवा, दक्ष जनशक्ति र उपकरण नभएको अस्पतालले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV