नेपालमा शनिबार थप चार हजार चार सय ८७ जनामा कोरोना पुष्टि
१५ जेष्ठ २०७८, शनिबार १७:३९
जेष्ठ १५ शनिबार
नेपालमा शनिबार थप चार हजार चार सय ८७ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको १४ हजार ६ वटा पिसिआर परिक्षणका क्रममा चार हजार ३ सय ११ र ७४६ एन्टीजेन परिक्षणका क्रममा १७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११६ जनाको मृत्यु भएको छ । नेपालमा हालस्म्म सात हजार १ सय ६३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६ हजार ८० जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा चार लाख ३४ हजार ७५० जना संक्रमित निको भएका छन् ।
हाल नेपालमा १ लाख ११ हजार ५०९ सक्रिय संक्रमित आइशोलेशनमा र ८९१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३० लाख ३१ हजार ३८३ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।


