नेकपाका अध्यक्ष दाहालले महिलालाई राष्ट्रपति, सभामुख सिफारिस गर्ने पार्टी भएको बताए
११ मंसिर २०७६, बुधबार १४:११
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिलालाई राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश सिफारिस गर्ने पार्टी भएको बताएका छन् । कास्की–२ को चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, “राष्ट्रपतिमा महिला सिफारिस गर्ने, उमेदवार बनाउने पार्टी नेकपा नै हो । म प्रधानमन्त्री भएका बेला प्रधानन्यायाधीशमा पनि महिला नै बनाएँ । अब दलितबाट कोही प्रधानमन्त्री बन्छ, आदिवासी, जनजातिबाट कोही प्रधानमन्त्री बन्छ भने नेकपाकै प्रस्तावमा बन्छ । तर उनले कास्की–२ मा विद्या भट्टराई महिला र दिवङ्गत रवीन्द्र अधिकारीकी पत्नी भएकैले मात्रै उमेदवार नबनाइएको स्पष्ट पारे ।
Share on Social Media

