२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

बंगलादेशमा रेल दुर्घटना

२६ कार्तिक २०७६, मंगलवार १६:२०


बंगलादेशमा रेल दुर्घटना हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ भने ४० जना घाइते छन् । दक्षिणी बन्दरगाह चितागंग जाँदै गरेको रेल ब्रह्मनबारियास्थित अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रधानमन्त्री शेख हसिनाले घटनाप्रति दुख व्यक्त गर्दै घटनाका पीडितलाई सहयोग गर्न आग्रह गरेकी छन् । बंगलादेशमा रेल दुर्घटना यसअघि पनि हुने गरेको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV