२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

देश र जनतालाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्न सरकारलाई चेतावनी

१६ जेष्ठ २०७८, आईतवार १९:३९

२०७८ जेष्ठ १६, आइतबार


विपक्षी गठबन्धनले देश र जनतालाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्न सरकारलाई चेतावनी दिएको छ ।
कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको बिपक्षी गठबन्धनको बैठकले प्रतिनिधिसभाको पुनःस्थापना र प्रतिनिधिसभाका १४९ सदस्यको हस्ताक्षरमा वैकल्पिक प्रधानमन्त्रीका रुपमा विधिवत् दावी प्रस्तुत गरिसकिएको भन्दै दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि कामकारवाही नगर्न सरकारलाई चेतावनी दिएको हो । संविधानको संरक्षण गर्ने अधिकार सर्वोच्च अदालतको भएकाले संरक्षण हुनेमा आफूहरु विश्वस्त रहेको बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै बैठकले नेपालको संविधान र लोकतन्त्रका पक्षमा एकताबद्धरुपमा सशक्त आवाज उठाउन र दृढताका साथ अग्रसर हुन आह्वान गरेको छ । त्यस्तै अध्यादेशबाट मुलुक सञ्चालन गर्ने कोशिष सरकारले गरेको र त्यसैको निरन्तरता बजेट भएको बैठकको ठहर रहेको नेता श्रेष्ठले बताउनुभयो ।
त्यस्तै बैठकले सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई आग्रह गरेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV