तरुण दलद्धारा शुक्रबार बाँके बन्द
२९ कार्तिक २०७६, शुक्रबार १२:४२
तरुण दल नेपालगन्ज नगर समिति सभापति सन्दीपजंग शाह हतियारसहित पक्राउ परेको विरोधमा तरुण दल बाँकेले जिल्ला बन्द गरेको हो । सवा एघार बजेतिर वीपी चोकमा साइकल चलाउँदै पुगेका नेकपा बाँकेका अध्यक्ष आइपी खरेललाई पनि साइकल र्डोयाउन लगाइएको थियो । बन्दमा लामो तथा छोटो दुरीका सवारी साधन पूर्ण रुपमा ठप्प पारिएको छ । अरु समयको बन्दमा चल्ने अटो रिक्सालाई पनि चल्न दिइएको छैन । तरुण दल बाँकेका सचिव विनोद रिजालले बन्दमा अटेर गर्ने मोटरसाइकलको साँचो खोसेर पाँच बजे पार्टी कार्यालयमा लिन आउन भनेको बताए ।
Share on Social Media

