२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

जसपा महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक आजपनि बस्दै

१० श्रावण २०७८, आईतवार १२:२०

१० साउन २०७८, काठमाण्डौं


जसपा महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक आजपनि बस्दैछ । बैठक आज अपराह्न चार बजे पुन बस्न लागेको हो । हिजो पनि ठाकुर पक्षको बैठक बसेको थियो ।
जसपाको आधिकारिकताबारे निर्वाचन आयोगमा इजलास जारी रहेको र भोलि आयोगमा उपस्थित हुन भनिएकाले के गर्ने भन्ने विषय टुङगो लगाउन आजको बैठक बस्न लागेको हो । यस्तै, जसपा उपेन्द्र यादव पक्षले आफुसंग बहुमत कार्यकारिणी सदस्य रहेकाले सोमबार निर्वाचन आयोगमा उपस्थीत हुने निर्णय गरेको छ । पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको सो पक्षको कार्यकारिणी बैठकले सवै सदस्यहरुलाई परिचय खुल्ने सक्कल कागजात सहित आयोगमा पुग्न निर्देशन पनि दिएको छ । शनिबारको बैठकमा ५१ मध्ये ३३ जना सदस्य सहभागी भएको र आफुहरुसंग बहुमत रहेको बैठकपछि नेता महेन्द्र राय यादवले जानकारी दिनुभयो । त्यस्तै जसपाका अर्को पक्षले सर्वोच्चमा दिएको रिट निवेदनका बिषयमा पनि बैठकमा छलफल भएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV