जसपा नेपालका कार्यकारिणी सदस्य रेशम चौधरी आज निर्वाचन आयोग जाने
११ श्रावण २०७८, सोमबार १२:५९
११ साउन २०७८, काठमाण्डौं
जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं निलम्बित प्रतिनिधि सभा सदस्य रेशम चौधरी आज निर्वाचन आयोग जाने भएका छन् ।
जसपाको आधिकारिताका विषयमा विवाद भएपछि आयोगले आज दुवै पक्षका कार्यकारिणी सदस्यलाई आयोगको कार्यालय बोलाएकाले उनी त्यहाँ जान लागेको स्रोतले जानकारी दिएको छ ।
तर, उनीले महन्थ ठाकुर वा उपेन्द्र यादव कसका पक्षमा सनाखत गर्छन् भन्ने कुरा अहिले खुलिसकेको छैन । टीकापुर हत्या काण्डका कारण निलम्बित सांसद चौधरी अहिले काठमाडौंको डिल्लीबजारस्थित कारागारमा छन् । यसअघि महन्थ ठाकुर पक्षका नेता उनी पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति असन्तुष्ट देखिएका छन् ।
Share on Social Media

