२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

चितवनमा १५ वटा टिप्पर तोडफोड

१३ जेष्ठ २०७८, बिहीबार १५:३६


जेष्ठ २०७८, बिहीबार चितवन
नारायणी नदी उत्खनन गरिएको भन्दै चितवनका स्थानीयले भरतपुर महानगरपालिका १६ सानुगढी स्थित ज्ञानेश्वर सामुदायिक वनमा लामवद्ध रहेका १५ वटा टिप्परमाथि तोडफोड गरेका छन् । कोरोना महामारीका कारण चितवनमा निषेधाज्ञा जारी रहेको बेला जथाभावी रूपमा नदी उत्खनन् गर्दै अनावश्यक भिडभाड गरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका हुन् ।
यस्तै, ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले कोभिड–१९ को मौका छोपेर गरिएको उत्खननले भरतपुरका अधिकांश क्षेत्रमा टिप्पर आतंक फैलिएको भन्दै गाउँलेहरु स्वस्फूर्त रुपमा आएर ट्रकहरुमा तोडफोेड गरेको बताउनुभयो ।
यता, उत्खननको जिम्मा पाएको भिष्म एण्ड ब्रोदर्श कन्ट्रक्शनका एक्जुकेटिभ डाइरेक्टर बिकल क्षेत्रीले स्थानीय प्रशासनसँग समन्वयन गरेर काम गरिरहेको बताउनुभयो । भरतपुर महानगरले नै आफूहरुलाई निषेधाज्ञामा काम गर्न भनेकाले काम गरेको उहाँको भनाइ छ ।‘ बैंक ग्यारेन्टी बुझाएको र काम नगरे ब्ल्याकलिस्टमा राख्ने चेतावनी दिएपछि काम सुरु गरेको बताउनुभयो ।
निषेधाज्ञाको बाहनामा काम नगरे रकम जफत गर्छौ भनेर महानगरले चेतावनी दिएका कारण काम गर्न बाध्य भएको कन्स्ट्रक्सनले जनाएको छ । यहाँका स्थानीय र वडाको सहमति बिना नै महानगरले एकलौटी रुपमा काम गरेको स्थानीयको भनाइ छ । महानगरले भने यहाँको विवादलाइ लुकाएको छ । स्थानीयको माग हामीले जाली हालेर सम्वोधन गरेको भए पनि महानगरका तर्फबाट केही पनि नहुँदा स्थानीय आक्रोशित बनेको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV