गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त पोखरेलसहित ४ मन्त्रीद्धारा पद तथा गोपनियताको शपथ ग्रहण
३० जेष्ठ २०७८, आईतवार १२:११
२९ जेष्ठ २०७९, आइतबार
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कृष्णचन्द्र नेपाली पोखरेलसहित ४ मन्त्रीले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
मन्त्रीमण्डलमा नेकपा माओवादीबाट लमजुङकी मधुमाया अधिकारी, जनता समाजवादीबाट गोरखाका हरिशरण आचार्य र मनाङका स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) जानुहुने भएको छ । उहाँहरुको मन्त्रालय टुंगो लागेको छैन । शनिबार साँझ प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । पोखरेल गण्डकी प्रदेशको नेपाली कांग्रेसको संसदीय दलको नेतासमेत हुनुहुन्छ ।

Share on Social Media

