खानेपानीको समस्या हल गर्न योजनाबद्ध ढंगले लागिरहेको खानेपानी मन्त्री बिना मगर को भनाइ
५ बैशाख २०७६, बिहीबार १६:२९
५ बैशाख, काठमाडौँ । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकामा खानेपानीको समस्या हल गर्न योजनाबद्ध ढंगले लागिरहेको बताउनुभएको छ ।
बिहिबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) को १४ औं वार्षिकोत्सव समारोहमा खानेपानी मन्त्री मगरले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्था सहज बनाउन गम्भीर भएर लागेको बताउनुभएको हो । मेलम्चीको समस्या धेरै दिन नरहने भनदै उहाले मेलम्चीको पानी ल्याउने मात्रै ठूलो कुरा नभएको धारणा राख्नुभयो । जनताको अपेक्षा धेरै भएकाले सबै जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पुर्याउन मन्त्रालय योजनाबद्ध ढंगले अघि बढिरहेको उहाँले बताउनुभयो । भ्याली बोर्डले गरेको काम प्रति प्रशंसा गर्दै मन्त्री मगरले बोर्डलाई अझ सशक्त ढंगले अघि बढ्न निर्देशन समेत दिनुभयो । .
कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सन् २०३० सम्ममा प्रशोधन सहितको उच्च र मध्यमस्तरको खानेपानीको सेवा ९० प्रतिशत पुर्याउन सरकार लागिरहेको जानकारी दिनुभयो ।

