२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

खनाल– नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

११ श्रावण २०७८, सोमबार १२:५१

११ साउन २०७८, काठमाण्डौं


नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।
हिजो सुरु भएको बैठकमा आज पनि पार्टी एकताका विषयमा बैठक केन्द्रित हुने बताइएको छ ।
हिजोको बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यहरुले पार्टी एकता गरेर अघि बढ्नुपर्ने सुझाव दिएको नेताहरुले जानकारी दिनुभएको छ । बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा पनि छलफल भएको नेता रघुजी पन्तले जानकारी दिनुभयो । कार्यादलका संयोजकसमेत रहनुभएका नेता भीम रावलले १० बुँदे प्रस्तावबारे जानकारी दिनुभएको थियो । एमाले एकताका लागि दबाब दिन भन्दै हिजो केही सांसदहरूले कार्यदलका सदस्यहरूसँग छलफल पनि गर्नुभएको थियो । उहाँहरुले पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न आग्रहसमेत गर्नुभएको हो । पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको १० बुँदे सहमतिपछि एमालेको बैठकले कार्यदल भंग गरिसकेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV