कोरोना बाट ९ जनाको मृत्यू
२१ जेष्ठ २०७७, बुधबार १८:२३
काठमाण्डौ जेठ २१ । कोरोनाबाट नेपालमा थप १ जनाको मृत्यु, २ हजार भन्दा बढी संक्रमित
नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि आइसियुमा भर्ना भएका व्यक्तिको मृत्यु भएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले कोरोना संक्रमित दोलखाका ७६ बर्षिय पुरुषको मृत्यु भएको र नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको जानकारी दिनुभयो । त्यस्तै बुधबारमात्रै मुलुकभर दुई सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा १७९ पुरुष र २२ महिला रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ हजार ३ सय पुगेको छ । यस्तै २ सय ७८ जना संक्रमणबाट मुक्त भइ डिस्चार्ज भएको प्रवक्ता देवकोटो बताउनुभयो । प्रवक्ता देवकोटाले हालसम्म पिसीआर बिधिबाट ८०२६७ र आरडिटीबाट १, २०, ३७९ कोरोना परिक्षण गरिएको जानकारी दिनुभयो । त्यस्तै हाल १ लाख ५५ हजार ८६८ जना क्वारेन्टाइन रहेको मन्त्रालयले जनाएको छ ।

