कोपा अमेरिका फुटबलको सेमिफाईनलमा ब्राजिल प्रवेश
१९ असार २०७८, शनिबार १५:३६
१९ असार २०७८, काठमाण्डौं
ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । आज विहान भएको क्वार्टरफाईनलको खेलमा चिलीलाई हराउँदै ब्राजिलले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले विजयी गोल गरे । दोस्रो हाफको पहिलो मिनेटमा लुकासले गरेको गोल ब्राजिललाई सेमिफाईनल पुर्याउन पर्याप्त बन्यो । खेलको ५० औं मिनेटमा ग्याब्रियल जिस्स रातो कार्ड खादै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो । खेलको करिब ५० मिनेटको समय ब्राजिलले १० खेलाडीमा सिमिति बनेर खेलेको थियो । ब्राजिलले सेमिफाईनलमा पेरुसंग खेल्नेछ । आजै विहानको पहिलो क्वार्टरफाईनलको खेलमा पाराग्वे पेरुसंग स्तब्ध बनेको छ । निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । जसमा पेरुले ४–३ ले बाजी मार्यो । क्वार्टरफाईनलको अन्य खेलमा उरुग्वे र कोलम्बिया तथा अर्जेन्टिना र इक्वेडर भिड्नेछन् ।

