२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

काभ्रेको तेमाल माविलाई खेलकुद सामाग्री सहयोग

१६ कार्तिक २०७८, मंगलवार १६:१४

१६ कात्तिक काभ्रे ।


काभ्रेपलाञ्चोकको तेमाल माध्यामिक विद्यालयलाई खेलकुद सामाग्री सहयोग गरिएको छ ।
नेपाली काँग्रेस तेमाल गाउँपालिका–४ का वडा सभापति एवम् तेमाल माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतपुर लामाले सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच खेलकुद सामाग्री सहयोग गर्नुभएको हो ।


उहाँले सो विद्यालयलाई दुई थान भलिबल, दुई थान क्यारेमवोर्ड, दुई थान टेबल टेनिस, चार थान ब्याडमिन्टनलगायतका सामाग्री सहयोग गर्नुभएको थियो । सहयोग कार्यक्रममा बोल्दै लामाले तेमाल माविको शैक्षिक क्षेत्रको विकासका लागि आफूले सहयोग गरेको बताउनुभयो ।
“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल भन्ने मूल नारालाई सहयोग पुर्याउनका लागि खेलकुद सामाग्री सहयोग गरेको हुँ,”– अध्यक्ष लामाले भन्नुभयो । सो विद्यालयमा हाल १८० विद्यार्थी अध्यनरत छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV