२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक जारी

१३ असार २०७८, आईतवार १५:१०

१३ असार काठमाण्डौं

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे थप निर्णय गर्न बैठक बस्न लागेको हो ।
आजको बैठकमा उपत्यकामा जारी निषेधाज्ञा पुनः एकसाता थपिने विषयमा छलफल हुने बताइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा पुनः थप्ने तयारी भइरहेको हो । कोरोनाको जोखिम कम नभएकाले जारी निषेधाज्ञा कै प्रावधान अनुसार निर्णय गर्ने विषयमा छलफल हुने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो । उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा यही असार १४ गते राति १२ बजे सकिँदै छ । अहिले समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का सीडीओहरुको संयुक्त बैठकले यसबारे थप निर्णय गर्ने छ । आजको बैठकले सार्वजनिक यातायात सञ्चालनका विषयमा समेत केही निर्णय गर्न सक्ने उहाँको भनाइ छ । निश्चित मापदण्ड बनाएर समर्वजनिक यातायातसमेत जोरबिजोर प्रणालीमा सञ्चाचलन गर्न दिने वा अन्य कुनै विकल्प रोज्ने भन्नेबारे पनि छलफल गरिने छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV