एमालेको स्थायी कमिटीको बैठक पुन आज बस्ने
२० जेष्ठ २०७८, बिहीबार १४:१६
जेठ २० २०७८, बिहिबार
पटक–पटक स्थगित हुँदै आएको नेकपा एमालेको स्थायी कमिटीको बैठक पुन आज बस्दैछ ।
यस अघि हिजो स्थगित भएको बैठक आज अपरान्ह ४ बजेकालागि बोलाइएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा पार्टीलाई फुट्नबाट जोगाउने विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
यस्तै, एमालेमा अहिले दोस्रो तहका नेताहरुबीच पनि पाटी एकता जोगाउने विषयमा छलफलकालागि सक्रियता बढेको छ । दोस्रो तहका नेताहरुवीच चरणवद्धरुपमा अनौपचारिक छलफल भैरहेका छन् यस अघि, मंगलबार बसेको स्थायी कमिटी बैठकले एकताका लागि अन्तिमसम्म प्रयास गर्ने निर्णय समेत गरेको थियो । एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना सांसदलाई साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरिसकिएको छ । थप १२ जना सांसदलाई स्पष्टीकरण सोधिएको छ । त्यस बारेमा थप निर्णय भने स्थायी कमिटी बैठकले गरेको छैन । आजको बैठकमा यस बारे समेत थप छलफल हुनसक्ने बताइएको छ ।


