२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

अहंकारवाद, व्यक्तिवादका बिरुद्ध विद्रोह गरेको झलनाथ खनालको भनाई

१४ भाद्र २०७८, सोमबार १८:३६

१४ भाद्र, काठमाण्डौं


नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादका बिरुद्ध विद्रोह गरेको बताउनुभएको छ ।
भारतमा उपचारपछि सोमबार स्वदेश फर्किएपछि त्रिभुवन बिमानस्थलमा पत्रकारसंग कुरा गर्दै खनालले अध्यक्ष ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नु परेको बताउनुभएको हो । ओली नेतृत्वको सरकार बदनाम भएर आफैं ढलेको भन्दै खनालले कम्युनिष्ट सरकार ढल्यो भनेर गोहीको आँशु बगाउनु आवश्यक नरहेको उल्लेख गर्नुभयो । अहिले वामपन्थी र लोकतान्त्रिक शक्तिको गठवन्धन सरकार बनेकाले यसलाई राम्रोसँग चलाउनुपर्ने उहाको भनाइृ छ । उहाले पार्टीमा कार्यकारी भूमिका माग्ने नैतिक अधिकार आफूलाई नरहेको भन्दै पार्टीले दिने कुनै पनि जिम्मेवारी निभाउन आफू तयार रहेको धारणा राख्नुभयो । पार्टीमा ७० वर्षको मापदण्ड आफूले पालना गर्ने र अरुले पनि पालना गर्नुपर्ने उहाले बताउनुभयो ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले दक्षिणपन्थी भासमा भासिएर गुटवादको नमुना हुने बताउनुभयो । ओलीले तत्कालीन नेकपाको विभाजन आफ्नो कुर्सी जोगाउनका गरेको र सर्वोच्चका फैसलापछि एमाले विभाजन गरेर फरक विचारका लागि ढोका बन्द गरेको अध्यक्ष नेपालले आरोप लगाउनुभयो ।
स्वास्थ्यमा समस्या देखिएपछि खनाल असार २ गते उपचारका लागि भारत जानुभएको थियो । उपचारका क्रममा खनालको मृगौला प्रत्यारोपण गरिएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV