अमिक शेरचनद्धारा दलहरुलाई सहमति र सहकार्य गरी राजनीतिक समस्या समाधान गर्न आग्रह
२४ श्रावण २०७८, आईतवार २०:४३
२४ साउन २०७८,काठमाण्डौं
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सबै दलहरुलाई सहमति र सहकार्य गरेर प्रदेशमा देखिएको राजनीतिक समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।
आइतबार बुटवलमा रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयको तेस्रो स्थापना दिवस स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै शेरचनले निषेधको राजनीतिले कसैको भलो नहुने भन्दै प्रदेशमा देखिएको राजनितिक जटिलता समाधान गर्न सबै दलहरुलाई सहमति र सहकार्य गरेर अघि बढ्न आग्रह गर्नुभएको हो । शेरचनले अहिले देखिएको समस्या समाधान गर्न संवैधानिक बाटो रोज्नुको विकल्प नभएको तर्क गर्नुभयो । संवैधानिक बाटोमा जादाँ अल्पमत,बहुमत देखिनुु स्वाभाविक रहेको बताउदै शेरचनले सबैले कसैसगँ पूर्वागह्र नराखी संवैधानिक व्यवस्थालाई आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश प्रमुख शेरचनले आफुलाई सत्तापक्ष वा प्रतिपक्ष कसैले टाढाको रुपमा नहेर्न समेत आग्रह गर्नुभयो । उहाले भष्ट्रचार विकास निर्माणको बाधक भएको बताउदै भष्ट्रचार जरैदेखीबाट निर्मुल पार्नुपर्नेमा जोड दिनुभयो । शेरचनले नीतिगत भष्ट्रचार होस् या जेसुकै भष्ट्रचार होस् भष्ट्रचार अन्त्य गर्न आफु लागी पर्ने बताउनुभयो ।
कार्यक्रममा सुसासनका बाधक भष्ट्रचार नामक स्मारिका विमोचन गर्नुका साथै पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

