२०८२ जेष्ठ ७, मङ्लबार

   2025, May 20 Tuesday

युरोकपमा आज राति ठुला तीन खेल हुँद

५ असार २०७८, शनिबार ०८:४६

५ असार २०७८, शनिबार

युरोकपमा आज ठुला तीन खेल हुने भएका छन् ।
युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज राति तीन खेल हुन लागेका हुन् । युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । समूह ’एफ’ मा रहेको दुई टिमबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । आज फ्रान्स लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले हराएको थियो । फ्रान्स ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । हंगेरी भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा हंगेरी पोर्चुगलसँग ३–० ले पराजित भएको थियो । हंगेरी समूहको पुछारमा रहेको छ । दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । समूह ’एफ’ मा रहेको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा रहनेछ । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो । पोर्चुगल ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । जर्मनी भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजित जर्मनीका लागि यस खेल महत्वपूर्ण रहेको छ । नकआउट चरणको सम्भावना कायम राख्न जर्मनीलाई जित बाहेक अन्य विकल्प छैन । जर्मनी समूहको तेस्रो स्थानमा रहेको छ । आज हुने तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र पोल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । समूह ’ई’ को स्पेन पहिलो जित निकाल्ने योजनामा रहेको छ । स्पेन १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो । पोल्याण्ड भने पहिलो जितसहित मैदान उत्रने छ । अंक विहीन पोल्याण्ड पुछारमा रहेको छ । पहिलो खेलमा पोल्याण्ड स्लोभाकियासँग २–१ ले पराजित भएको थियो । यस्तै गएराति भएको खेलमा क्रोएसिया र चेक रिपब्लिकले बराबरी खेलेका छन् । गए राति नै भएको अर्को खेलमा स्विडेनले पहिलो जित निकालेको छ । स्लोभाकियालाई १–० गोल अन्तरले पराजित गर्दै स्विडेनले पहिलो जित निकालेको हो । यता, युरोकप अन्र्तगतनै गएराति भएको खेलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV