२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

कालिकोटमा चिकित्सकको अभाव

१ मंसिर २०७६, आईतवार ११:०९

जिल्ला अस्पताल कालिकोटमा दिन प्रतिदिन बिरामीको संख्या बढ्दै गए पनि चिकित्सकको भने अभाव छ । चिसो मौसम सुरु भएसँगै अस्पतालमा बिरामीको चाप बढ्दै गएको हो । मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, झाडापखाला, दम, निमोनिया, टाइफाइडलगायत विभिन्न सरुवा रोगको संक्रमण बढेकोे छ । जिल्ला अस्पतालका प्रमुख डा. भीष्म पोख्रेलले दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि अस्पताल आउने गरेको बताउनूभएको छ । डा.पोख्रेलका अनूसार मौसम परिवर्तनसँगै बिरामी बढे पनि अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी नहुँदा बिरामीको उपचारमा समस्या भएको हो । आठ जना डाक्टर हुनुपर्ने जिल्ला अस्पतालमा हाल एकजना डाक्टरमात्रै छन्। अस्पतालका सूचना अधिकारी कटक महतले राज्यले दरबन्दीअनुसार चिकित्सक नपठाउँदा समस्या भएको बताउनूभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV