२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

३ जनाको हत्या गर्ने हत्यारा पक्राउ

२९ कार्तिक २०७६, शुक्रबार १२:२७

गुल्मीमा प्रहरीले ३ जनाको हत्या गर्ने हत्यारालाई पक्राउ गरेको छ । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा १५ दिन पहिले बेवारिसे अवस्थामा फेला परेका ३ वटा शवको पहिचानसँगै हत्यारा सार्वजनिक गरेको हो । हत्यामा संलग्न बागलुङको गल्कोट नगरपालिका–८ ज्यामिरे बस्ने ४६ वर्षीय पूर्णबहादुर सुनार र १९ वर्षीय माधव सुनारलाई पक्राउ गरेको छ । अन्य एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी)राजेन्द्रसिंह खड्काले बताए । हत्या हुनेहरूमा पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षीय सरिता भन्ने शिवमाया लिम्बू र उनका ७ वर्षीय जुमल्या छोरी गंगा र जमुना रहेको प्रहरीले सार्वजनिक गरेको छ । शवको पहिचानपछि पोष्टमार्टम गरेर परिवारका आफन्तलाई बुझाइने प्रहरी उपरीक्षक खड्काले बताए ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV