हंगकंगमा प्रर्दनकारीले फ्याँकेको इट्टा लागेर एक वृद्धको मृत्यु
२९ कार्तिक २०७६, शुक्रबार ११:२३
हंगकंगमा सरकार पक्षधर र प्रदर्शनकारीबीचको झडप हूँदा टाउकोमा चोट लागेपछि एक ७० वर्षे वृद्धको मृत्यु भएको छ । क्लिनरको रुपमा काम गर्ने वृद्ध खाना खानका लागि बाहिर निस्किएका बेला प्रदर्शनकारीले हानेको इट्टाले उनको टाउकोमा लागेको हो । हंगकंगमा विगत पाँच महिनादेखि राजनीतिक अस्थिरता कायम छ । एक पुलिस अधिकारीले एससीएमपी न्यूज आउटलेटसँगको कुराकानीमा आफू उक्त घटनामा संलग्न नभएको तर त्यहाँको फोटो भने खिचिरहेको जानकारी दिए । ती वृद्धको बिहिबार अस्पतालमा उपचारको क्रममा मृत्यू भएको हो ।
Share on Social Media

