बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखरा आउँदै
२८ कार्तिक २०७६, बिहीबार १०:२४
चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पर्यटकीय नगरी पोखरा आउँदैछन् । उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंबाट बिहिबार १० बजे पोखराका लागि प्रस्थान गरेका छन् । पोखराको फेवातालमा उनलाई डुंगा सयर गराउने कार्यक्रम छ । बंगलादेशका राष्ट्रपतिको पोखरा आगमनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । पोखराबाट फर्किएपछि शुक्रबार बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् ।
Share on Social Media

