भारतीय नक्साविरुद्ध काठमाण्डौमा विरोध प्रदर्शन
२० कार्तिक २०७६, बुधबार १८:०३
राजाधानीका विभिन्न स्थानमा ‘गो ब्याक इन्डिया’को नारा लगाउँदै अनेरास्ववियु र नेवि संघका विद्यार्थी संघसंगठनहरुले भारतीय नक्सामा कालापानी र लिपुलेक समेटेको विरोधमा चर्को नारा लगाउँदै प्रदर्शन गरेका छन्। त्यसैगरी भक्तपुरमा नेमकिपाले विरोध जुलुस निकालेको छ। नेपाल कम्यूनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी० ले विज्ञप्ति जारी गरेर राष्ट्रिय स्वाधिनता, सार्वभौमिकतामाथि नाङ्गो आक्रमण भएको भन्दै आपत्ति जनाएको छ। उसले त्यसविषयमा आवश्यक कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ।
Share on Social Media

