महराबाट नैतिक रुपमा ठुलो गल्ति भएको हो
२० कार्तिक २०७६, बुधबार ११:३०
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभाममुख कृष्णबहादुर महराले आफूलाई ढाँटेको बताएका छन्। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि महराले गरेको दुर्व्यवहार आफूले सोध्दा महराले ढाँटेको प्रचण्डले बताए । घोराहीमा बुधबार बिहान पत्रकार सम्मेलन गरि प्रचण्डले महराबाटआचरण र नैतिक रूपमा ठूलो गल्ती भएको बताए ।यस प्रकरणमा अदालतले निष्पक्ष फैसला गर्ने विश्वास आफूलाई रहेको धारणा उनले राखे।आफु स्वयं गएर बुझ्दा पनि महराले ढाँटेको उनले बताए ।त्यसैगरी उनले महरा प्रकरण व्यक्तिलाई मात्र नभई राष्ट्रका भिभिआइपीलाई सच्याउने खालको घटना भएको बताए ।
Share on Social Media

