२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

मोहम्मद आफ्ताब आलम बयानका लागि अदालतमा उपस्थित

१९ कार्तिक २०७६, मंगलवार १३:२६

रौतहटको राजपुर बमकाण्डका आरोपी सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमलाई बयानको लागि अदालतमा उपस्थित गराइएको छ । सरकारि वकिल कार्यालयले जिल्ला अदालत रौतहटमा सांसद आलमसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम मुद्दा दायर गरेको हो । जन्मकैद सहितको माग दावि गर्दै अदालतमा मुद्धा दायर भएको छ । अदालतमा थुनछेक बहसपछि पक्राउ परेका सांसद आलम साधारण तारेखमा, धरौटीमा वा पूर्पक्षको लागि जेल चलान गर्ने निर्णय हुनेछ । २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा गत असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो। २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लाग्दै आएको हो । प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको अभियोगपत्रमा प्रहरीकै मिलेमतोमा घटना भएको उल्लेख गरिएको छ । आलम रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्र्वा्चित जनप्रतिनिधिसमेत हुन्।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV