२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

मोहम्मद अफताव आलमविरुद्ध अदालतमा मुद्दा दर्ता

१८ कार्तिक २०७६, सोमबार १३:१२

रौतहटको राजपुर खरदवाको बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर हत्या गरेकोआरोपमा मोहम्मद अफताव आलम पक्राउ परेका हुन् । जिल्ला अदालतबाट तीन पटक म्याद थप गरेर प्रहरीले अनुसन्धान गरेका अभियुक्त आलमविरुद्ध सोमबार जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता हुँदैछ। आलममाथि जन्मकैदको अभियोगपत्र सहितको फाइल जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाइ सकेको छ। सरकारी वकिल कार्यालयले आज दिउँसो मुद्दा दर्ता गर्दैछ। सर्वोच्च अदालतको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटले असोज २६ गते बमकाण्डका मुख्य आरोपित आलमलाई पक्राउ गरेको थियो। २०६४ चैत २७ राति भएको बम विस्फोटको घटनामा संलग्न भएको उनीमाथि आरोप लागेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV