नेपाली काँग्रेसका नेता गगन थापा अध्ययनका लागि सिंगापुर पुगे
१३ कार्तिक २०७६, बुधबार १६:०९
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू शहरी क्षेत्रको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने विषयमा अध्ययनका लागि सिंगापुर पुगेको जानकारी दिएका छन् । सिंगापुरको नानयाङ टेक्नोलोजिकल विश्वविद्यालयमा विद्याथी र्का रुपमा एक साता रहने र त्यहाँ रहँदा शहरको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको ्उपयोग लगायतका विषयमा अध्ययन गर्ने थापाले जानकारी दिएका छन् । वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा अध्ययनका लागि उनी त्यहाँ पुगेका हुन् ।
Share on Social Media

