छाडा चौपायाको कारण जनकपुरधाम अव्यवस्थित बन्दै
१३ कार्तिक २०७६, बुधबार १६:०३
स्थानीयको लापरबाही तथा सरोकारवाला निकायको बेवास्ताका कारण बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । पवित्र भूमि जनकपुरधाममा पशु चौपायलाई अलपत्र छाड्दा सडकमा गुड्ने सवारी साधनलाई निकै समस्या भएको छ । पशु चौपाय सडकमा छाडिएको भन्दै विरोध भएपछि उपमहानगरले कान्जी हाउस समेत बनाएर पशुलाई छाडा छाड्नेलाई पाँच हजार रुपैयाँको जरिवाना गराउने नियम बनाए पनि नियम पालना गराउन र चौपाय नियन्त्रणमा उपमहानगर नै उदासीन भएपछि पुरानै समस्या दोहोरिएको छ । पशु चौपाय नियन्त्रणका लागि उपमहानगरपालिकाले पटक–पटक योजनाहरु बनाएपनि त्यो अहिलेसम्म कागजमै सीमित छ ।
Share on Social Media

