झापा भेट्रान्स फुटबल क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि
१६ कार्तिक २०७८, मंगलवार १६:३४
१६ कात्तिक, काठमाण्डौं ।
झापा भेट्रान्स फुटबल क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा झापाले एफई खुमलटार भेट्रान्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । झापालाई उपाधि दिलाउन दुबै गोल श्याम कुमार गोलले गरे । खुमलटारका लागि एकमात्र गोल कप्तान नरेन्द्र लामाले गरेका थिए । प्रतियोगिताको विजेता झापाले ५ लाख तथा उपविजेता खुमलटारले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । लिगकम नकआउट प्रणालीमा खेलाएको प्रतियोगितामा २१ टिम सहभागी थिए ।
Share on Social Media

