२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

५७ औं राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मुलुकभर सम्पन्न

२९ भाद्र २०७८, मंगलवार २०:२७

भाद्र २८,काठमाण्डौं


५७ औं राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रम गरी मुलुकभर मनाइएको छ ।
दिवसका अवसरमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न संघ संस्था तथा विद्यालयले अलग–अलग कार्यक्रम आयोजना गरेका छन् । त्यस्तै दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) बिभागको आयोजनामा वेबिनार माध्यमबाट नेपाली बालसहित्यको वर्तमान अवस्था बिषयक बिचार गोष्टि तथा प्रज्ञा बालकविता महोत्सव–२०७८ को आयोजना गरेको थियो । महोत्सवमा स्वदेशबाट २७ र विदेशबाट १३ जना बालकविहरुद्वाारा कविता बाचन गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बालबालिकाको भबिष्यले समाज र देशको भविष्य निर्धारण गर्ने बताउनुभयो । उहाले नेपालमा रहेका बालबालिकाको भविष्य उज्जवल बनाउन अभिभावक र अग्रजहरुले बहुआयामिक रुपमा उनीहरुलाई सहि बाटो देखाउनुपर्ने धारणा राख्नुभयो ।
सरकारले हरेक बर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV