भाइटीकाको शुभसाइत कात्तिक १२ गते मंगलबार बिहान ११ः५५ बजे
३ कार्तिक २०७६, आईतवार १६:५४
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक १२ गते मंगलबार बिहान ११ः५५ बजे अभिजित् मुहूर्तको शुभसाइतमा रहेको सार्वजनिक गरेको छ ।
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ भने सर्वसाधारणले दिनभर टीका लगाउन कुनै समस्या छैन । यस वर्ष यमपञ्चक कात्तिक ८ गते, ९ गते शनिबार काग तिहार, १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा,११ गते सोमबार गाई, गोरु र आत्म(म्ह) पूजा र १२ गते भाइटीका परेको छ भने भाइटीका कै दिन यस वर्ष नेपाल सम्वत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ ।
Share on Social Media

