जापानी सम्राट्को राज्याभिषेकमा सहभागी हुन राष्ट्रपति बिधा देवि भण्डारी जापान जादै
३ कार्तिक २०७६, आईतवार १५:२९
राष्ट्रपति बिधा देवि भण्डारीले म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमारको पाँचदिने राजकीय भ्रमण पूरा गरेर आज जापान जाने भएकी छन् । कात्तिक ५ गते जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जापान जान लागेको हो ।
थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल आज राति जापान पुग्नेछ । राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी रहेका छन् ।कात्तिक ६ गते राष्ट्रपति भण्डारी स्वदेश फर्कने कार्यक्रम छ ।

