२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

एमसीसीका बारेमा राजनीतिकरण गर्न खोजिएको प्रधानमन्त्रीको दावी

२२ भाद्र २०७८, मंगलवार २०:१०

काठमाडौँ, २२ भदौ ।


प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा राजनीतिकरण गर्न खोजिएको बताउनुभएको छ ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाले एमसीसीका बारेमा भ्रम सिर्जना गर्न र राजनीतिकरण गर्न खोजिएको बताउनुभएको हो । प्रधानमन्त्री देउवाले नेपालको बिकासका लागि एमसीसी एकाएक आएको बिषय नभएको र कानूनी प्रक्रिया पुरा गरेर सरकारले प्राप्त गरेको अनुदान भएको बताउनुभएको कांग्रेस सचेतक पुष्पा भुसालले बताउनुभयो । नेता देउवाले अघिल्ला सरकारहरुले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताउनुभएको भुषालले बताउनुभयो । एसीसीका बारेमा अन्य दलसंगपनि छलफल र सम्बाद गरिने भूसालले जानकारी दिनुभयो ।
बैठकमा देउवाले संसद बैठकमा सशक्त भूमिका निर्वाह गर्न र अनिवार्य उपस्थीत हुन निर्देशन दिनुभएको थियो । त्यस्तै कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद बैठकमा अध्यादेश पेश गर्ने जानकारी दिनुभएको थियो । राजनीतिक दलसम्बन्धी अध्यादेश बुधबार नै सदनमा पेश गर्ने र अन्य अध्यादेशलाई पनि क्रमश पेश गर्ने कांग्रेस सचेतक भुसालले बताउनुभयो ।
कांग्रेस संसदीय दलको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाका बारेमा जानकारी गराउनुभएको र बुधबारको संसद बैठकमा सरकारद्वारा गठित छानविन समितिको प्रतिवेदन पेश गर्ने बताउनुभएको थियो । संघीय संसदको दुवै सदनको अधिवेशन बुधबार अपरान्ह चार बजे बोलाइएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV