२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

सरकारका गतिविधिको विरोध गर्नेमाथि अंकुश लगाउन खोजेको भन्दै ओलीको आपत्ति

२१ भाद्र २०७८, सोमबार २०:०५

काठमाडौँ, २१ भदौ ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका गतिविधिको विरोध गर्नेमाथि अंकुश लगाउन खोजेको भन्दै आपत्ति जनाउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित युवा संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको बिरोध गर्नेलाई कारवाही गर्ने धम्की दिएको भन्दै आपत्ती जनाउनुभएको हो । उहाले आफ्नो नेतृत्को सरकारले वाक स्वतन्त्रतामाथि अंकुश लगाएको भनेर बिरोध गरे पनि अहिले बोल्न नसकेको तर्क गर्नुभयो । ओलीले दुई महिना पुग्नलाग्दा पनि सरकार बिस्तारले पूर्णता नपाएको भन्दै सरकारले कुनै पनि काम नगरेको आरोप लगाउनुभयो । उहाले सरकार जनता केन्द्रीन हुन नसकेको र सुखी नेपाली, समृद्ध नेपालको नारालाई अहिलेको सरकारले अंगिकार नगरेको बताउनुभयो । त्यस्तै उहाले अहिलेको सरकार केही दिनको पाहुना मात्रै भएको भन्दै सरकार धेरै दिन नटिक्ने जिकिर गर्नुभयो । ओलीले गठबन्धन सरकारले दार्चुलामा तुइन चुडिएको घटनाबारे भारतलाई सोध्न नसकेको आरोप लगाउनुभयो । नेपाली भूभागमा अनुमतिविना भारतको हेलिकप्टर आए पनि त्यसबारे सरकार बेखबर रहेको उहाले बताउनुभयो । सम्बोधनका क्रममा ओलीले एमाले विभाजनको षड्यन्त्रमा समेल भएको भन्दै सभामुखको निष्पक्ष भूमिका निर्वाह गर्न नसक्ने तर्क गर्नुभयो ।
त्यस्तै एमालेका नेता सुवास नेम्वाङले अदालतले जन्माएको सरकारले संसदलाई बिजनेश दिन नसकेको र सरकारले पनि काम गर्न नसकेको आरोप लगाउनुभयो । सरकार गठन भएको ५० दिन कट्दा पनि सरकार विस्तार हुन नसकेको भन्दै नेम्वाङले सरकार विस्तार भएमा सरकार ढल्नसक्ने अवस्था भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा युवाहरुलाई युवा संघमा प्रवेश गराइएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV