एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट दिए राजीनामा
१९ भाद्र २०७८, शनिबार ०९:४१
भाद्र १९,काठमाण्डौं
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी त्याग गर्नुभएको छ ।
उहाँले हिजो एमाले पार्टी कार्यालय थापाथलीमा राजीनामा पत्र बुझाएर पार्टी त्याग गर्नुभएको हो । एमाले पार्टी कार्यालयका सचिब शेरबादुर तामाङका अनुसार गौतमको राजीनामा दिनुभएको हो । गत पुसमा तत्कालिन ओली सरकारले पहिलो पटक प्रतिनिधिसभा विघटन गरेपछि तत्कालिन नेकपा दुई मुख्य धारमा विभाजित हुँदा गौतमले तेस्रो धार बनाउनु भएको थियो । अहिले एमाले विभाजन हुँदा एमालेभन्दा एकीकृत समाजवादीतर्फ बढी ढक्लिनुभएका गौतमले एमाले त्याग गर्नुभएको हो । तर, उहाँ हालसम्म एकीकृत समाजवादीमा पनि जानुभएको छैन । गत पुसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टाढिएका गौतम फागुन २३ मा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि ओलीले बोलाएको बैठकमा कहिलेकाही सहभागी हुने गर्नुभएको थियो । एमालेमा चरम विवाद भएका बेला गौतम एक दुई पटक ओलीले बोलाएको बैठकमा सहभागी भए पनि एमाले विभाजनपछि ओलीले बोलाएको बैठकमा सहभागी भएका हुनुहुन्थ्एन । गौतम माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा जानुहुन्छ की छुट्टै पार्टी बनाउनुहुन्छ भन्ने एकिन छैन । यसबारे राजनीतिक वृतमा सर्वत्र चासो छ ।

