२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

गोरखा नगरपालिका वडा न १ मा वाईसिएलको नयाँ कार्यसमिति गठन

१५ भाद्र २०७८, मंगलवार १३:११

१५ भाद्र,गोरखा

गोरखा जिल्लाको गोरखा नगरपालिका वडा न १ मा वाईसिएलको नयाँ कार्यसमिति गठन गरिएको छ । पुरानो कार्यसमितिलाई परिमार्जन गर्दै गठन गरिएको नयाँ कार्यसमितिको अध्यक्षमा दिलिप भट्ट नियुक्त भएका छन ।
आज मंगलबार एक कार्यक्रमका बिच गोरखा जिल्ला गोनपा १ नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष,स्थानीय बुद्धिजीवी व्यक्तित्वहरुको जमघटमा भट्टलाई नेतृत्व प्रमुखको जिम्मेवारी दिएको हो ।
करिव ६० जना उपस्थित उक्त कार्यक्रममा सामाजिक दुरि कायम गर्दै करिव ३० भन्दा बढी युवाहरु वाईसिएल मा जोडिएको गोनपा १ का नेकपा माओवादी केन्द्र पार्टी अध्यक्ष गोबिन्द प्रसाद भट्टराईले बताएका छन् ।
अध्यक्ष भट्टका अनुसार अबको बाटो भनेकै वाईसिएल को बाटो र जहाँ गाउँ ठाउँमा विकास हुन्छ त्यो वाईसिएल ले मात्र गर्न सक्छ भन्दै अहिलेकालाई पनि एकजुट हुन आग्रह गरे ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV