२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न ढिलाई गरेकोमा सभामुखको ध्यानाकर्षण

३ भाद्र २०७८, बिहीबार १७:१३

३ भाद्र २०७८, काठमाण्डौं


नेकपा एमालेले माधव कुमार नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न ढिलाई गरेकोमा सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ ।
बिहीबार सभामुख अग्नि प्रसाद सापकोटालाई भेटेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपाल पक्षका १४ जना सांसदहरुलाई कारबाही गर्न ढिलाई भएकोप्रति ध्यानाकर्षण गराएको हो ।
आफूहरुले दल त्यागको सूचना दिएको ७२ घण्टा पुग्न लाग्दासम्म सभामुखले सूचना प्रकाशन नगरेकाले भेटेर ध्यानाकर्षण गराएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।सभामुखले माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन स्वीकृत होस् भनेर पर्खिएको हुनसक्ने भन्दै त्यसो गरेमा आफूहरुलाई मान्य नहुने उहाको भनाई छ ।
एमालेलाई फुटाउने नियतले सभामुख सापकोटाले सूचना टाँस गर्न ढिलाई गरे त्यो आफूहरुलाई मान्य नहुने उहाँले चेतावनी दिनुभयो ।
भेटपछि सभामुख सापकोटाले उक्त विषय छिटो भन्दा छिटो टुङ्गोमा पुर्याउने आश्वासन दिनुभएको भट्टराईले जानकारी दिनुभयो । यता एमालेले कारबाही गरेको निवेदन पठाएपछि माधव नेपाल पक्षका सांसदहरुले यसअघि नै संसद सचिवालयमा कारबाही नगर्न भन्दै निवेदन दिइसकेका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV