२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

तीन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीहरुले एउटै मञ्चबाट सम्बोधन गर्नुहुने

३ भाद्र २०७८, बिहीबार १३:१५

३ भाद्र २०७८, काठमाण्डौं

तीन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीहरुले एउटै मञ्चबाट सम्बोधन गर्नुहुने भएको छ ।
तीन पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ’प्रचण्ड’, प्रस्तावित नेकपा एमाले समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्न लाग्नुभएको हो । नेकपा एमाले विभाजन भएको भोलिपल्ट आज यी तीन नेता समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ’एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ बारेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो । यी तीन र अन्य साना वाम दलहरु मिलेर समाजवादी केन्द्र निर्माणको चर्चा चलिरहेका बेला वामपन्थी नेताहरु एकै कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो । दलहरुबीच एकता नभएपनि सहकार्य र गठबन्धन गर्न सकिने उनीहरुले बताउँदै आएका छन् । कार्यक्रम आज नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा हुँदैछ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV