म्यान्मार र नेपाल बिच पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोग समझदारीपत्रमा हस्ताक्षर
३० आश्विन २०७६, बिहीबार १३:२८
म्यान्मारको राजधानी नेपिटस्थित प्रेसिडेन्सियल हाउसमा राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्मारका स्टेट काउन्सिलर आङ सान सुचीको उपस्थितिमा आज दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो वार्तापछि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र म्यान्मार सरकारका अन्तरराष्ट्रिय सहयोग मन्त्री क्य तीनबीच ती दुई समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको हो ।राष्ट्रपति भण्डारी म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार साँझ म्यान्मारको राजधानी नेपित पुगेका थिए र सो अवसरमा राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सु चीबीच उपहार आदानप्रदान समेत गरिएको थियो ।

