२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला

२९ आश्विन २०७६, बुधबार १५:१७


पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ।
यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको समाचार प्रकाशित भएर सर्वत्र विरोध
भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय अन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजग्गा अध्ययन एवं छानबिन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो।

पछिल्लो अभिलेखअनुसार राणा प्रधानमन्त्री वीर शमशेर, चन्द्र शमशेर, देव शमशेर, जुद्ध शमशेर, भीम शमशेर र तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले सुन चढाएको तथ्य फेला परेको छ। महेन्द्रले ३५० तोला, त्रिभुवनले ३०० तोला, वीर शमशेरले १०२ तोला, बमबहादुर राणाले १०७ तोला सुन चढाएको देखिन्छ । विगतमा पशुपतिनाथको वार्षिक
आम्दानीबाट सुन किन्ने तर अभिलेख नराख्ने प्रवृत्तिले सुनको यथार्थ अवस्था थाहा पाउन समस्या भएको छ ।

 

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV