२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

क्रियाशील सदस्यमा धाँधली भएको पौडेल पक्षको ठहर

१९ श्रावण २०७८, मंगलवार १८:४९


१९ साउन २०७८, काठमाण्डौं


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले क्रियाशील सदस्यता वितरण र छानबिनदेखि सबै तहका महाधिवेशन पनि निष्पक्ष हुनुपर्ने निष्कर्ष निकालेको छ ।
मंगलबार प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको सो पक्षको बैठकले तोकिएमो समयमा नै महाधिवेशन हुनुपर्ने र पार्टीभित्र देखिएका क्रियाशिल सदस्यता लगाएतबा बिवादलाई केन्द्रीय समितिले नै हल गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
पार्टी प्रवेशको नाममा आफ्ना मान्छे प्रयोग गराएर क्रियाशील सदस्यमा धाँधली भएको सो पक्षको ठहर छ । भदौ १९ भन्दापछि महाधिवेशन लाने विषयमा पनि सहमति नदिने समझदारी पनि नेताहरुबीच भएको छ । बैठकपछि कांग्रेस नेता अर्जुन नरसिंह केसीले तोकिएको समयमा नै महाधिवेशन हुनुपर्ने र विवादीत बिषयलाइ व्यक्तिले नभएर केन्द्रीय समितिले हल गर्नुपर्ने निष्कर्ष रहेको बताउनुभयो ।
उहाले क्रियाशील सदस्यताको टुंगो लगाउँ भन्ने आफ्नो समूहको माग रहेको र समयसीमाका अनुसार कांग्रेस चापमा रहेको समेत बताउनुभयो । उहाले समयको बाध्यात्मक स्थितिलाई लिएर कांग्रेसको विधानअनुसार र केन्द्रीय समितिको निर्णयअनुसार चल्नुपर्ने जिकिर गर्नुभयो ।
कांग्रेसले भदौ १६ बाट काठमाडौंमा १४ औं महाधिवेशन हुने कार्यतालिका तय गरेको छ । तर महाधिवेशनका लागि साउन १२ का लागि तोकिएको वडा अधिवेशन र साउन १६ गते हुने भनिएको गाउँ अधिवेशन स्थगित भइसकेको छ । क्रियाशिल सदस्यता छानविन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेपनि विवाद भने समाधान हुन सकेको छ्रैन ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV